baburam bhattari its son merrage

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

भारतीय राजदूतदेखि अख्तियार प्रमुखसम्म सहभागी
नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नी छोरी मानुषीको जनवादी विवाह गराएका छन्। नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक्ली सन्तान मानुषीको शनिबार सानेपास्थित निवासमा जनवादी विवाह गराएर नयाँ शक्तिमा क्रियाशिल तनहुँको रिसिङका जेकेन्द्र श्रेष्ठलाई ज्वाईं बनाएका हुन्।
 
जनवादी बिहे गरेका दुलाहा र दुलहीले एक अर्कालाई दुबोको माला लगाइदिए। जेकेन्द्रले मानुषीलाई लगाइदिएको माला वाँध्न लोकसेवा आयोगकी पूर्वअध्यक्ष रहेकी मानुषीकी ठूलीआमा कयोदवी यमीले सघाएकी थिइन्। माला आदानप्रदानपछि मानुषीले जेकेन्द्रसँग हात मिलाइन् र त्यक्रममा उनी खित्का छोडेर हाँसिन्। माला साटासाटपछि विवाहित नयाँ जोडीलाई सबैभन्दा पहिले मानुषीका हजुरबाले फुल दिएर वधाइ दिए। यस्तै, डा. बाबुराम भट्टराईले छोरी ज्वाईं दुवैलाई फुल दिएर काँधमा धाप मारी बधार्इ दिए।
 
भारतीय राजदूतदेखि अख्तियार प्रमुखसम्म विहेमा सहभागी
 
भट्टरार्इकी छोरी मानुषीको बिहेमा भारतीय राजदूत रञ्जित रे देखि अख्तियार दुरूपयोग अनुसन्धान अायोगका प्रमुख लोकमानसिंह कार्कीसम्म सहभागी भएका थिए।
 
बिहे समारोहमा भारतीय राजदूत रेसँगै चिनीयाँ राजदूत वु चुन्ताई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्ती, दमननाथ ढुंगाना, नयाँ शक्ति नेपालका रामेश्वर खनाल, करिश्मा मानन्धर लगायतका नयाँ शक्तिका नेताहरु, प्रा. डा. पिताम्बर शर्मा, अभिनेत्री रेखा थापा, लेखक खगेन्द्र संग्रौला, उद्योगी सुरज वैद्य, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिर्थ खनियाँ र जेम्स स्कुलका संचालक राजेश खड्का पनि विवाहित जोडीलाई वधाइ दिन भट्टराई निवास सानेपा पुगेका थिए।
 
(तस्बिरहरू साभार: भट्टराईको फेसबुक)

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment