pokhera news

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

पोखरामा फेरी अर्की एक महिला मृत भेटिएकी छिन् । पोखरा १३ दुई कुलाको मुहानस्थित सेती नहरमा पर्वत स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३५ बर्षिय जमुना सुवेदीको शव भेटिएको हो ।
Capture
बुधबार बिहान पाँच बजे नहरको फोहोरसँगै अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिब ७ बजे नहरको पानी सुकाएर शव बाहिर निकालेको हो ।
मंगलवार राति खाना खाएर सँगै सुतेकी आमा बिहान उठ्दा घरमा नदेखेको र पछि नहरमा शव भेटिएको १५ बर्षिय छोरी रविना सुवेदीले बताईन् । मृतक जमुनाCaptureका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् भाने आमाछोरी पोखरामा डेरामा बस्दै आएका थिए ।
शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ र घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपाल रिपोर्ट बाट  

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment