photo fichear at nepali foodball teem welcome

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

 साग फुटबल च्याम्पियन बनेको नेपाली फुटबल टोलीलाई मुलुकको पूर्वी नाकामा आज भव्य स्वागत गरिएको छ ।









२३ वर्षपछि दक्षिण एशियाली फुटबलको उपाधि जित्न सफल टोलीको स्वागतका लागि जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको हो । खेलाडीको स्वागतका लागि सयौं सर्वसाधारणको भीड लागेको थियो ।



‘यो जीत कसको नेपालको’ भन्दै नाराबाजी गरेका थिए सर्वसाधारणले । खेलकुद मन्त्री सत्यनारायण मण्डल, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, एसएसपी केदार रिजाल, एसपी ठाकुर ज्ञवालीलगायतका व्यक्ति स्वागतमा सरिक भएका थिए ।



खेलाडीहरुलाई काँकडभिट्टामा स्वागत तथा सम्मानसहित नगर परिक्रमा गराइएको थियो । चोक चोकमा बसेका सर्वसाधारण तथा विद्यार्थीहरुले खेलाडीलाई स्वागत जनाउने हात हल्लाएका थिए ।  

२३ वर्षपछि दक्षिण एशियाली फुटबलको उपाधि जित्न सफल टोलीको स्वागतका लागि जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत  गरेकाे हाे । जिल्ला खेलकुद विकास समितिले सबै खेलाडीलाई स्वागतसहित सम्मान गरेकाे हाे ।  





खेलाडीहरुलाई काँकडभिट्टामा स्वागत तथा सम्मानपछि नगर परिक्रमा गराइँदै छ । चोक चोकमा बसेका सर्वसाधारण तथा विद्यार्थीहरुले खेलाडीलाई स्वागत गरिरहेका छन् । काँकडभिट्टाबाट धुलाबारी, चारआली, विर्तामोड हुँदै खेलाडीलाई विजय र्‍यालीसहित भद्रपुर एयरपोर्टसम्म पुर्‍याइँदै छ ।







नेपाल आउने क्रममा भारतको बागडोगरा विमानस्थलमा खेलाडीहरु


भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment